4th Street Bar Hive-Bar

Hive-Bar Powered by Hive beta-fdb5b5b

Community post

सन्दिप लामिछाने बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन्।

मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँग प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन्।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोइजेस हेनरिक्सलाई आउट बनाएका थिए भने आफ्नो तेस्रो ओभरको अन्तिम बलमा टोम कुरानलाई आउट बनाए।

टस जितेको सन्दीपको मेलबर्नले फिल्डिङ गरिरहेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपलेले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन्।

यसअघि बिग बासको पहिलो खेलमा सन्दीपले सिड्नी थन्डर्स विरुद्ध २ विकेट लिएका थिए। दोस्रो खेलमा होबार्ट हुरिकेन्स विरुद्ध ३ विकेट लिएका थिएl

source https://setopati.com/sports/cricket/172289

प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५, ०२:५६:००

49 upvotes $0.01

Replies (2)

Review before signing

Posting as . Signing with . Keychain permission: Posting. Hive Keychain will ask you to approve this action next.


  
Technical details

Operation fingerprint: