Community post
सेक्सी हाइवे @ बुटवल
बुटवल–फूलबारी
पूर्व– पश्चिम राजमार्गको बुटवल तिनाउ पुलसँगै जोडिएको फूलबारी प्रेमिल जोडीका लागि सहज एवं सुरक्षित लभ स्पट हो । राजमार्गबाट २ सय मिटर दूरीमै रहेको फूलबारीमा प्रवेश गरेपछि युगल जोडीहरू ढुक्कले प्रेम साटासाट गर्न पाउँछन् । फूलबारीभित्र रहेका रमणीय पार्क तथा सेड जता पनि उनीहरू अँगालोमा बाँधिएर बस्न सक्छन् । फूलबारीबाट बुटवल सहरको दृश्यावलोकनसमेत गर्न पाइन्छ । फूलबारीसँगै जंगल पनि भएकाले अझ खुलेर प्रेम साटासाट गर्न चाहने जोडीहरूलाई एकान्त स्थानको पनि कुनै समस्या छैन । भ्यालेन्टाइन डेका दिन फूलबारी प्रेमिल जोडीहरूले नै भरिभराउ हुन्छ ।
बुटवल–हिलपार्क
माया प्रेम साटासाट गर्ने जोडीहरूका लागि बुटवलको हिलपार्क अर्को सुरक्षित स्पट हो । सिद्धार्थ राजमार्गको बुटवल अस्पताललाइनबाट पूर्वतर्फ करिब एक किलोमिटरको दूरीमा छ— हिलपार्क । हिलपार्कमा जुनसुकै सवारी साधन पुग्न सक्ने भएकाले जोडीहरूले पैदल हिँडिरहनु पर्दैन । यहाँ गाडीबाट ओर्लनेबित्तिकै एकान्त वातावरण र सुरक्षित महसुस गर्न सकिन्छ । हिलपार्कबाट पनि बुटवलको दृश्यावलोक गर्न पाइन्छ ।
वनवाटिका
सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्डको शंकरनगरचोकबाट डेढ किलोमिटर पूर्वमा अवस्थित वनवाटिका पनि प्रेमिल जोडीहरूको रोजाइमा पर्ने गन्तव्य हो । ५० हेक्टर क्षेत्रफलमा फैलिएको यो रमणीय वनमा पुगेपछि प्रेम साटासाट गर्न आतुर युगल जोडीलाई राहत महसुस हुन्छ । फराकिलो क्षेत्रफल भएकाले यहाँ कसैको बाधा–व्यवधानको सामना गर्नु पर्दैन । यहाँ बसेर घण्टौं बिताउन समस्या छैन । भनेको स्थानसम्म सवारी साधन लान पाइने र घुमफिर गर्न पनि प्रसस्त जग्गा भएकाले वनवाटिका धेरै युगल जोडीको रोजाइमा पर्दै आएको छ ।
सालझन्डी–फायरलाइन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सालझण्डी नजिकैको उत्तरपट्टीको थुम्कोदेखि फायरलाइनसम्मको जंगल क्षेत्र प्रेमिल जोडीहरूका लागि सुरक्षित स्थल मानिन्छ । सालझन्डीबाट एक किलोमिटर पश्चिमतर्फ सडकबाट उत्तरतर्फको थुम्को युगल जोडीहरू रमाउने थलो बनेको छ । जाडोयाममा पारिलो घाम लाग्ने, मानव बस्तीबाट टाढा अनि एकान्त तथा गर्मी याममा रूखको छहारीले शीतलता प्रदान गर्ने हुँदा यहाँ जुनसुकै मौसममा पनि खुलेर प्रेमालाप गर्न सकिन्छ । सालझन्डीबाट फायरलाइनसम्म तीन–चारवटा सुरक्षित स्पट छन् ।
रामापिथेकस पार्क
सिद्धार्थ हाइवेको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत बुटवल र पाल्पाको सीमा क्षेत्रमा पर्ने रामापिथेकस पार्क पनि युगल जोडीहरू रमाउने थलो बन्दै गएको छ । राजमार्गमै जोडिएको सडकबाट दक्षिण तिनाउ नदी किनारको यो पार्कमा रमाउने जोडीहरू पनि बग्रेल्ती हुन्छन् । बुटवलबाट नजिकै,जाडो याममा पारिलो घाम लाग्ने अनि गर्मी मौसममा चीसो हावा चल्ने हुँदा यो पार्कमा रमाउन आउनेहरूको कमी हुँदैन । पार्क आसपास नदी किनारमा खोल्साखोल्सी समेत भएकाले जोडीहरूले खुलेर माया साटासाट गर्न सक्छन् ।
भूतखोला
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत दोभान गाउँपालिकाको सडक किनारमै पर्ने भूतखोला पनि प्रेमिल जोडीहरूको गन्तव्य हो । भूतखोला हेर्ने बहानामा थुप्रै युगल जोडी त्यहाँ पुग्छन् । सवारी साधन सडक किनारमै रोकेर जोडीहरू सडकबाट उत्तरतर्फको सुरक्षित ठाउँमा बसेर गफिन तथा रमाउन सक्छन् । मानव बस्ती नजिक नभएकाले भुतखोला आसपास जहाँ पनि प्रेमालाप गर्न सकिन्छ ।
जोरधारा–डुम्रे
सिद्धार्थ राजमार्गकै बुटवल–पाल्पा सडक खण्डअन्तर्गत पर्ने जोरधारा र डुम्रे क्षेत्रका सडक किनारका थुम्काहरूले पनि लभ स्पटका रूपमा परिचय बनाउँदैछन् । बटुक र चुकौनीका लागि प्रख्यात जोरधारामा यिनै परिकार खाने बहानामा पनि जोडीहरू उक्त क्षेत्र पुग्छन् । जोरधारामा युगल जोडीहरूका लागि होटल तथा रेस्टुराँसमेत उपलब्ध हुन्छन् भने सडकछेउकै थुम्काहरू पनि प्रेम साटासाट गर्ने स्थल बन्छन् । यहाँ हाइवेको घुम्तीपिच्छे थुम्का छन् ।
Replies (2)
Do read [A thumb rule for steemit minnows - 50:100:200:25](https://steemit.com/steemit/@steemladder/a-thumb-rule-for-steemit-minnows-50-100-200-25) for starter tips.
Spend time reading [Steem Blue Paper](https://steem.io/steem-bluepaper.pdf) to know how Steem blockchian works and if you still have any queries ask them on our [Ask me anything about Steemit post](https://steemit.com/steem/@steemladder/there-are-no-dumb-questions-ask-anything-you-want-to-know-about-steem-blockchain) and we will try to answer that.
All the Best!!!
Hello @optimistboy!
I noticed you have posted many times since you began your journey on Steemit. That is great! We love active partipants.
I do want to point out that the Introduceyourself tag is meant to be used once only to introduce yourself to the Steemit community. You have now posted 9 times using the introduceyourself tag. Please see this link for more information Tag Spam?
Please take this into consideration and help build a great platform!